आइभरीकोस्टमा किसान र गोठालाबीच भिडन्तमा, १७ जनाको मृत्यु
शनिबार, १३ चैत २०७२, १४ : ३८
अविजा (आइभरीकोस्ट)–आइभरीकोस्टको बोना शहरमा किसान तथा गोठालाबीच भएको विवादले चर्को रुप लिएपछि शुक्रबार कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
घटनामा १७ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका छन् । गहिरो चोटका कारण उनीहरुको अवस्था चिन्ताजनक रहेको आइभरीकोस्टका रक्षा मन्त्रालयका अधिकारी भिन्सेन्ट टोवीले स्थानीय टेलिभिजनलाई बताएका छन् ।
दुई पक्षबीचको भिडन्तपछि उक्त क्षेत्रमा करिव ९०० सुरक्षाकर्मी परिचालित गरिएको छ ।
आइभरीकोस्टमा गोठाला र कृषकबीच चौपाया चराउने तथा सिँचाइको अधिकारका विषयमा प्रायः यस्तो घटनाहुने गरेपनि यति धेरै सङ्ख्यामा स्थानीयको मृत्यु भने कमैमात्र हुने गर्छन् ।
किसानले आफ्नो जमिनमा गोठालाले चौपाया हिंडाएर बालीको नास गरिदिएको र त्यसो नगर्न सम्झाउँदा झगडा भएको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण