शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

टुकीको आगोले सप्तरीमा पाँच घर खरानी

शनिबार, १३ चैत २०७२, १४ : ५०
शनिबार, १३ चैत २०७२

राजविराज– सप्तरीको बनौली–१ मा शुक्रबार मध्यराति आगलागी हुदाँ पाँच घरसहित २३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

विजयकुमार चौधरीको घरमा बालेको टुकी (डिबिया) बाट सल्किएको आगोले राम कुमार चौधरी, जोखन चौधरीको, रविलाल चौधरी र सोभानन्द चौधरीको घर जलेर नष्ट भएको छ भने आगलागी नियन्त्रणमा लिने क्रममा सुशीला चौधरी, श्रवण चौधरी र भुपेन्द्र चौधरीको घर तोडिएको हो ।

आगलागीबाट १० थान बाख्रासहित अन्नपात, भाडाकुडा, लत्ताकपडा, फर्निचर तथा नगद र गरगहनासहित २३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानियका अनुसार राजविराज नगरपालिकाको दमकल, प्रहरी र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप