देउवाले गरे गिरिजाको प्रशंसा
काठमाडौँ–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाका अग्रज भएकाले उनी नाममा स्थापित कलेजलाई राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।
‘गिरिजाप्रसाद कोइराला स्मृति (सामुदायिक) कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा आज चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उनले कोइराला पार्टीको मात्र नभएर राष्ट्रकै प्रेरक व्यक्तित्व भएको बताउँदै भने, “उनका बारेमा जति भने पनि कम हुन्छ, उनी देशकै इतिहास हुन्, उनको नाममा खोलिएको कलेजलाई राज्यले सहयोग गर्नुपर्छ र म पनि सक्ने सहयोग गर्नेछु ।”
पूर्वप्रधानमन्त्री देउवाले कोइराला आफ्ना सम्मानित अभिभावक रहेको बताउँदै भने, “कुनै बेला हामी दुईको सम्बन्धमा केही उतारचढाब आए पनि उनलाई म सधैँ एउटा खतरा मोल्न सक्ने र हिम्मतवाला नेताका रुपमा स्मरण गर्छु ।”
काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीभित्रैबाट प्राप्त उपलब्धिविरुद्ध उत्रने कार्य भइराखेको भन्दै त्यसतर्फ सचेत भएर काम गर्न सभापति देउवालाई सुझाव दिए । युवा नेता गगनकुमार थापाले पार्टीले सरकारको नेतृत्व गर्दै सबै जाति, क्षेत्र र वर्गका जनतालाई समेटी संविधान कार्यान्वयनमा अग्रसरता लिनुपर्ने बताए ।
कलेजका अध्यक्ष तथा सांसद भीमसेनदास प्रधान, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, क्याम्पस प्रमुख खिलानाथ सापकोटा लगायतले देशका सरकारी कलेजमा गुणस्तरीय शिक्षामा कमी रहेको र निजीमा चर्को शुल्क हुने गरेकाले यसको सन्तुलन मिलाउन सामुदायिक कलेज उपयोगी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण