शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

घरमा कोही नभएको मौका छोपी धारा चोर्ने प्रहरी खोरमा

शनिबार, १३ चैत २०७२, २२ : ०२
शनिबार, १३ चैत २०७२

काठमाडौं–घरमा कोही नभएको मौका छोपी धारको टुटी चोर्दै हिँड्ने दुई युवालाई कोटेश्वर प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालीका–३५ नरेफाँट बस्ने होम श्रेष्ठको घरबाट महंगो मुल्यका ६ थान धारा चोरेर सस्तो मुल्यमा बेच्ने उदयपुरका इशाक राई र रामेछापका उमेश बर्दवालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर उद्धव सिंह भाटले जानकारी दिए । उदयपुरको गाईघाट स्थायी घर भएको राई ललितपुरको नख्खिपोट बस्दै आएका थिए भने रामेछाप फुलासीका बर्देवा जडीबुटी बस्दै आएका थिए । चोरिको सामान ललितपुर बालकुमारीमा कबाडी पसल गरेर बस्ने भारत बिहारका अशोक यादवको पसलमा बिक्री गरिसकेको अवस्थामा बरामद गरिएको इन्सपेक्टर भाटले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप