एक सय ५३ विद्यार्थी एसएलसी परीक्षाबाट वञ्चित
सल्यान– सल्यानका १५३ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेका कारण एसएलसी दिनबाट वञ्चित भएका हुन् ।
जिल्ला शिक्षा कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेकै कारण वञ्चित हुनुपरेको हो । जसमा १०१ जना छात्र र ५२ जना छात्रा रहेको जिल्ला शिक्षा अधिकारी वरखुप्रसाद रजकले जानकारी दिए ।
उनले भने – “विद्यालयमा भर्ना भएमात्र पुग्छ, एकैपटक परीक्षा दिन गए हुन्छ भन्ने मान्यताका कारण विद्यालयमा विद्यार्थी उपस्थित हुँदैनन् तर शिक्षा नियमावलीमा ७५ प्रतिशत हाजिर नपुगेमा परीक्षा दिन नपाइने व्यवस्था छ, पढाइ छाडेर भारतलगायत अन्य देशमा जाने भएकाले पनि विद्यालयमा हाजिर हुँदैनन् ।”
यस वर्ष सल्यानबाट सात हजार ५४ परीक्षार्थीले परीक्षा दिने छन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्रबाट विद्यार्थी परीक्षामा सम्मिलित हुनेछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण