रिपोर्टर्स क्लवद्वारा पुरस्कार घोषणा
काठमाडौं– रिपोर्टर्स क्लव नेपालले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार ओम शर्मालाई दिने निर्णय गरेको छ । क्रान्तिकारी पत्रकार एवं प्रगतीशील साहित्यकार स्व. कृष्ण सेन इच्छुकको स्मृतिमा स्थापित यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आइतबार बसेको पुरस्कार छनौट समितिको बैठकले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता शक्रिय ‘रातोपाटी डटकम’ र ‘जनआव्हान साप्ताहिक’का सम्पादक शर्मालाई यो पुरस्कार दिने निर्णय गरेको हो । यसैगरी क्लवले २० हजार रुपैयाँ राशीको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स अंग्रेजी दैनिकका कार्यकारी राजनीतिक ब्युरो चिफ रामकुमार कामतलाई दिने निर्णय गरेको छ । कामत दुई दशभन्दा बढी समयदेखि पत्रकारितामा शक्रिय छन् । क्लवले यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ द काठमाडौं पोष्टका वरिष्ठ उप–सम्पादक कमलदेव भट्टराई र रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी १०÷१० हजार रुपैयाँ रहेको छ । यसैगरी उमा सिंह स्मृती महिला पत्रकारिता पुरस्कार इमेज च्यानलकी वरिष्ठ संवाददाता सरस्वती कर्माचार्यलाई दिने निर्णय गरेको छ । दुई दशकदेखी पत्रकारितामा शक्रिय कर्माचार्यलाई दिइने यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । यसैगरी क्लवले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कार, शक्रिय युवा पत्रकारिता पुरस्कार र कुलप्रसाद–चेतकुमारी धमला स्मृति मोफसल पत्रकारिता पुरस्कारको पनि क्रमशः घोषणा गर्दै जाने जनाएको छ । यी पुरस्कारहरु रिपोर्टर्स क्लव नेपालको १८ औं वार्षिकोत्सवका अवसरमा यही चैत्र १७ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहका प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण