शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बहसमा ‘तिम्रो लोग्ने र म’

आइतबार, १४ चैत २०७२, १२ : ०५
आइतबार, १४ चैत २०७२

काठमाडौं–प्रश्न : ‘अर्काको लोग्नेसँग प्रेम गर्नु सही हो कि गलत ?’

उत्तर : ‘यो त गलत हो नि ।’

‘उसो भए प्रेम विवाह हुनुअघिमात्रै गर्नुपर्ने हो ? वा आफ्नै लोग्नेलाई मात्रै प्रेम गरिरहनु पर्ने हो ?’

‘साहित्यमा महिलाको विषय लेख्दा किन देहलाई नै प्राथमिकतामा पर्छ ?’

यस्तै प्रश्नोत्तरले शनिबार दिउँसो उत्तरढोका, लाजिम्पाटस्थित थिएटर भिलेजको हलको माहोल गरम बनिरहेको थियो । नारी सर्जकको अभियान ‘आह्वान’ले कथाकार निरुपा प्रसूनको कथा संग्रह ‘तिम्रो लोग्ने र म’माथि बहस गराएको थियो । बहसमा वक्ता थिए आख्यानकार नयनराज पाण्डे ।

उनले निरुपाको कथाकारितामा प्रकाश पारे । निरुपाले साहसपूर्वक महिला र यसवरिपरिका मुद्दालाई उठाएको बताए । कतै पनि नभागीकन निर्धक्क लेख्न सक्ने उनको हिम्मतको प्रशंसा गरे । ‘चाहे लेस्वियन सम्बन्ध होस् या अन्य सम्बन्ध । त्यसका विभिन्न सामाजिक र मनोवैज्ञानिक पक्षलाई केलाउन निरुपा सफल हुनुभएको छ ।’ उनले भने ।

प्रेम र सम्बन्धको आयामभन्दा धेरै पर जान नसक्दाचाहिँ निरुपाको कथामा एकरसता आएकोबारे उनले सचेत गराए । बहसमा सहभागीले कथाकार र टिप्पणीकार दुवैलाई प्रश्न सोधेका थिए ।

महिला मुद्दामा केन्द्रीत भएर विभिन्न बहसको कार्यक्रम गराउने उद्देश्य राखेको ‘आह्वान’की अभियन्ता निबन्धकार कुमारी लामाले बताइन् । ‘आह्वान’को अभियानमा अर्चना थापा, उमा सुवेदी र लामा सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप