प्रमको चीन भ्रमण सकारात्मक छ : डा भट्टराई
आइतबार, १४ चैत २०७२, १३ : १०
विराटनगर– नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्छ भने ।
अर्को प्रसङ्गमा उनले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मुलुकको सात प्रदेशमै भौगोलिक सीमाङ्कन मिलाएर मधेसको समस्या समाधान गर्नुपर्ने धारणा प्रकट गरे । उनले राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुनुपर्नेलगायत संविधानमा देखिएका अपूर्णतालाई संसद्मार्फत संशोधन गरी अगाडि बढ्नुपर्ने सुझाव पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण