कोरियामा नेपाली युवाको रोमान्स
सोल–‘आईतबार सार्बजनिक बिदाको दिन हो, जिन्दगीको मजा लिनै पर्यो मरेर जाँदा लानु नै के छ र !’ लमजुङ्गका भगिरथ (परिवर्तित नाम)ले साथीहरुमाझ जब भने तब हाँसोको फोहोरोलाले वरपरको माहोल तात्यो । सँगै एउटै कम्पनीमा कामगर्ने बर्दीयाका ३७ बर्षीय कबिराज (परिवर्तित नाम)ले पनि थपिहाले , ‘रमाइलो गर्न जाने तर कता ?’ छ महिना अगाडीमात्रै कोरिया आएका रुपन्देही देबदहका २१ बर्षीय हरि (परिवर्तित नाम)ले पनि सहमति जनाउँदै भनिहाले ‘ल जाऔं न त !’ सुन्दा सामान्य लाग्ने यस्ता भनाईले ठुलो दुर्घटना निम्याएका छन्, यहाँ । दक्षिण कोरियाको राजधानी सोलदेखि खासै टाढाको दुरीमा नरहेको प्रख्यात सिटी सुवनमा कतिपय नेपाली कामदारहरु सार्बजनिक बिदाका दिनमा अत्याधिक भेट्टिन्छन् । जुन ‘रेडलाइट’ एरिया हो । रेडलाइट एरियामा मात्रै नभएर कतिपय यहाँ रहेका नेपाली कामदार विभिन्न कुलतमा फस्ने गरेको पाइएको छ ।
अझ कोरियामा नेपाली समुदायले आयोजना गर्ने बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रायः राजधानी सोल केन्द्रित हुने र त्यहाँबाट नजिक पनि पर्ने हुँदा नेपाली युवाहरु यो रेडलाईट एरिया केन्द्रित हुने गरेको यहाँ कार्यरत एक नेपालीले बताए ।
जानकारहरुका अनुसार दक्षिण कोरियाको यौनबजार बिषेश गरि बिदेशीहरुलाई लक्षित गरि बनाईन्छ । बुसान, थेगु, र्ईन्छन, सउल, सुवन लगायतका सिटीहरुमा यौन ब्यबसाय फस्टाएका छन् भने सो त्यहाँ ग्राहकको रुपमा कोरियन पुरुषहरु जम्मा २७ प्रतिशतको हाराहारीमा मात्रै पुग्छन् । बाँकी बाँकी ७३ प्रतिशत ग्राहक बिदेशी नै हुने गरेको तथ्याङ्क छ ।
भोजपुरका बिनय रोका (परिवर्तित नाम) छ बर्ष पुरा भयो कोरिया आएको । उमेरले ३५ बर्षपनि कटाए । तर, उनी अबैधानिक रुपमा कोरिया बसेका छन् । उनले यो छ बर्र्षको अबधीमा उनले मात्रै १५ लाख पैसा नेपाल पठाए । बाँकी यौन बजार र लिभिङ्ग टुगेदरका रुपमा सिध्याए । यति हुँदापनि निर्धक्कसँग भन्छन्, ‘ केहि कमाउनै सकेको छैन, किन नेपाल जानु ? अबिबाहित पनि छु, अहिले एक चाईनिज केटिसँग ओपन रिलेशनमा छु, यहि छ मज्जा !’ कोरिया आएको तीन वर्षसम्म वर्षसम्म दमक झापाका एक युवकपनि यसरी नै यौनबजारमा नियमित ग्राहकका रुपमा पुग्थे । पछि अस्वस्थ भएको अनुभुती भएसँगै हस्पिटलमा चेकअप गराउँदा एचआईभी भएको रिपोर्ट आयो । त्यतिबेला उनी छाँगाबाट खसेजस्तो भएभने बाँकी भिषा रद्द गरेर नेपाल फर्कन समेत बाध्य भए । दक्षिण कोरियामा नेपालीले अहिले न्युनतम एक लाख २५ हजारको हाराहारीमा कमाउँने गर्दछन् । नेपालमा आर्र्थिक अबस्था अली मजबुत नहुने र यहाँ आएर कामगर्ने बित्तिकै एकलाख भन्दा बढी आम्दानी गर्ने हुँदा उनीहरु विलासितातर्फ लागेका जानकारहरु बताउँछन् । त्यही भएर त कतिपय रोमान्सका नाममा क्यासिने, रेडलाईट एरिया, डिस्को, लिभिङ्ग टुगेदरका नाममा फस्ने गरेको पाइन्छ । केहि हप्ता अगाडि पनि गैह्र आवासिय नेपाली संघ दक्षिण कोरियाका जिम्मेबार ब्यक्ति भोजपुरका सोगेन्द्र घलेले पनि क्यासिनेमा हारेर हुण्डिकारोबारका निम्ति उठाइएको दुई करोड नब्बे लाख रुपैयाँ सहित फरार छन् ।
पछिल्लो समय कोरियामा लगभग ३४ हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण