शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ह्यारीलाई लोकगायक मिलन लामाको यस्तो आग्रह

आइतबार, १४ चैत २०७२, १५ : ०४
आइतबार, १४ चैत २०७२

काठमाडौं – बेलायती राजकुमार ह्यारी यतिखेर नेपाल भ्रमणमा व्यस्त छन् । निर्धारित समय सकिसकेता पनि पुनः ६ दिनको भ्रमण थप गरेका ह्यारीको चर्चा यतिखेर निकै छ । नेपालका विभिन्न जिल्लामा पुग्दै ह्यारीले नेपाली जीवन शैलीको अनुभव लिइरहेका छन् ।

यतिखेर ह्यारी नेपाल भ्रमणमा रहिरहँदा विश्वमै ह्यारी नेपाल भ्रमणमा गएको समाचार फैलिएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई ठूलो टेवा पुर्याएको बुझ्न सकिन्छ ।

पर्यटन क्षेत्रको विकासका लागि निरन्तर सक्रिए रहेका लोकगायक मिलन लामाले बेलायती राजकुमार ह्यारीलाई एक आग्रह गरेका छन् जुन पर्यटनसँग सम्बन्धि छ । गायक मिलनले ह्यारीले नेपाल भ्रमणका बेला नेपाल सुरक्षित छ भन्ने सन्देश दिए हुन्थ्यो भन्ने चाहन्छन् । देश विदेशका विभिन्न कार्यक्रममा व्यस्त हुने कलाकारहरुमध्येको एक गायक मिलन लामाले विश्व सामु ह्यारीको खबर पुगेकोले पनि यतिखेर ह्यारीले नेपाल सुरक्षित रहेको कुरा बोलिदिए मात्र नेपालको पर्यटन क्षेत्रको लागि ठूलो टेवा पुग्ने बताए ।

पछिल्लो समय नेपालमा आएको भूकम्प र नाकाबन्दीको प्रभावले पर्यटकहरु नेपालमा आउन हिच्किचाइरहेको बेला ह्यारीले नेपाल सुरक्षित छ घुम्न आउँदा हुन्छ भन्ने ब्यानर उचालिदिए मात्र पनि नेपालका लागि त्यो ठूलो राहत हुन सक्छ, गायक मिलनले रातोपाटीसँग भने ।

गायक मिलन लामाका अधिकांश गीतहरु पर्यटनसँग जोडिएको पाइन्छ । पर्यटन क्षेत्रका एकोहोरो योगदान पुर्याउँदै आएका मिलनले केहि महिनाअघि मात्र अमेरिकाको एक कार्यक्रममा जाँदा सडकबाटै नेपाल सुरक्षित छ भन्दै गरेको भिडियो पनि बाहिरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप