समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न देउवाको निर्देशन
काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न निर्देशन दिएका छन् ।
सभापति देउवालाई सम्मान गर्न बुढानिलकण्ठ पुगेको नेपाल तरुण दलका प्रतिनिधिलाई समयमै अधिवेशन गर्न निर्देशन दिँदै लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा समेत असर पुगेको उनले बताए । “अब कुनै पनि बहानामा अधिवेशनमा ढिलाइ गर्नुहुन्न, अधिवेशन गराउन पार्टीले पूरा सहयोग गर्छ”, उनले भने ।
तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले विगतमा पार्टी नेतृत्वको असहयोगले अधिवेशन गर्न समस्या भएको उल्लेख गर्दै अब तरुण दल अधिवेशनमा जुटिसकेको बताए । उनले केही दिनमै दलको बैठक बोलाएर अधिवेशनमा लाग्ने जानकारी दिए ।
पछिल्लो समय नेपाल विद्यार्थी सङ्घ, तरुण दल र नेपाल महिला सङ्घ लगायत आधा दर्जन भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण