शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जोमसोम–पोखरा हवाई उडान अवरुद्ध

आइतबार, १४ चैत २०७२, १४ : ४२
आइतबार, १४ चैत २०७२

मुस्ताङ– प्रतिकूल मौसमका कारण पाँच दिनदेखि जोमसोम–पोखरा हवाई उडान अवरुद्ध भएको छ ।

आकाशमा अत्यधिक तुवाँलो बढेपछि कम दृश्यताका कारण उडान अवरुद्ध बनेको हो । पर्यटन यामका बेला उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । हवाई उडान नहुँदा सडक मार्ग हुँदै जिल्ला भित्रिने पर्यटक बढेका छन् । जोमसोम विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीले पाँच दिनदेखि एउटा पनि उडान नभएको जानकारी दिए ।

उनका अनुसार देशैभरि बदलिएको मौसम र त्यसमाथि म्याग्दी क्षेत्रमा बढी आगलागी भएपछि धुवाँका कारण दृश्यता कम भएको छ । “अझै पानी पर्ने सङ्केत छैन, उडान नहुँदा जोमसोम सुनसान बनेको छ”, उनले भने, “भिसा सकेर फर्कने पर्यटकहरु पनि समस्यामा परेका छन् ।”

जोमसोम–पोखरा हवाई मार्गमा तारा, सिम्रिक, गोमा र माउन्टेन एअरले उडान भर्दै आएका छन् । अनुकूल मौसमका समयमा यी एअरलाइन्सबाट दैनिक १५ पटकसम्म उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक गरी वार्षिक एक लाख पर्यटक भित्रिने जिल्लामा ४० प्रतिशत पर्यटक हवाई मार्ग हुँदै भित्रिने विमानस्थल प्रमुख खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप