सिंहदरबारमा आम नागरिकको पहुँचको माग
काठमाडौँ– देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारमा आम नागरिकलाई सहज पहुँच दिनुपर्ने माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरिएको छ ।
फ्रिडम फोरमका अध्यक्ष एवम् सूचनाको हकका अभियन्ता तारानाथ दाहालले राष्ट्रिय सूचना आयोगमा सिंहदरबारभित्र आम नागरिकको प्रत्यक्ष सरोकार र सम्बन्ध रहेका सूचना सार्वजनिक गर्नुपर्ने माग गर्दै आज उजुरी दर्ता गराएका हुन् ।
सार्वजनिक निकायबाट सेवा प्राप्त गर्न तथा आफ्नो र सार्वजनिक सरोकारको विषयमा सूचना प्राप्त गर्न तथा नीति योजना कार्यक्रमजस्ता विषयमा आफ्नो सरोकार, मत र सहभागिता प्रकट गर्न सर्वसाधारणलाई सहज पहुँच नभएको भन्दै उनले आयोगमा उजुरी दर्ता गराउनु परेको बताए ।
उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संसद् सचिवालयलाई समेत दिइएको छ ।
सिंहदरबार प्रवेशकै लागिसमेत दलाल बिचौलिया, राजनीतिक दलका नेता कार्यकर्ता र कर्मचारीको सहारा खोज्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै अभियन्ता दाहालले यसबाट नागरिकले सूचना प्राप्त गर्न पाउने मौलिक हकसमेत बन्देज भएको निवेदनमा उल्लेख गरेका छन् ।
अहिले सिंहदरबारको दक्षिण ढोकाबाट मात्र सर्वसाधारण नागरिकले परिसरभित्रका कुनै कार्यालयको अनुमति प्राप्त गरी नागरिकताको प्रमाणपत्रका आधारमा निश्चित समयमा प्रवेश पाउँदै आएका छन् ।
सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित दुई दर्जनभन्दा बढी मन्त्रालय, राष्ट्रिय योजना आयोग, संसद् सचिवालय, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यम तथा अन्य विभिन्न राष्ट्रिय महत्वका विभाग, कार्यालय र विभिन्न अस्थायी प्रकृतिका आयोग, कार्यदल र समिति समेतको कार्यालय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण