अमेरिकन पेस्तोलसहित दुई युवक पक्राउ
सिरहा– सिरहा प्रहरीले विशेष सुराकीका आधारमा अमेरिकन पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वा निवासी २२ वर्षीय आकाश यादव र सोही ठाउँका २१ वर्षीय मैनोदिन अन्सारी रहेको सिरहा प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो ।
गएराती भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ कमला नदीको बाँध पटहेरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीकाअनुसार पक्राउ परेका यादव र अन्सारी सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली ९ राउन्ड बरामद भएको हो । उनीहरु से३प७७९ नम्बरको मोटरसाइकलमा सवार थिए ।
पक्राउ परेका अन्सारीको साथबाट भारतीय सिमकार्ड समेत बरामद भएको ज्ञवालीले जानकारी दिए । पक्राउ परेका अन्सारी र यादवलाई जिल्ला प्रशासन कार्यालय सिरहाबाट म्याद थप गरि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाएको ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण