महिलाको अधिकारमाथि पुरुषले हस्तक्षेप गरेको दावी
पोखरा – महिलाको अधिकारमाथि पुरुषले हस्तक्षेप गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कास्कीको घाचोक महिला संञ्जालद्धारा आयोजित पाँच दिने प्रस्तोता तथा उद्घोषण तालिमको समापनको अवसरमा आइतबार आयोजित कार्यक्रममा वबोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
उनीहरुले महिलाहरु घरबाट बाहिर निस्कने बानी नभएका कारण समाजमापछि परेको भन्दै उनीहरुलाई अगाडि ल्याउने प्रमुख दायित्व पुरुषहरुको भएको बताए ।
उनीहरुले महिलाहरुले अवसर पाएमा पुरुष सरह समाजको नेतृत्व लिन सक्ने बताए । महिला नै देशका सभामुख र राष्ट्रपति बनेको भन्दै उनीहरुले महिलाको क्षमता र प्रतिभा खोज्ने काम गरिनुपर्ने बताए ।
महिला कमजोर हुन्छन् भन्ने सोच परिवर्तन नगरेसम्म महिलाहरुको क्षमता अभिवृद्धि नहुने उनीहरुको भनाई छ ।
सो अवसरमा वोल्दै गाविस सचिव शान्तिप्रसाद गौतमले महिलाका अधिकार स्थापित गर्न महिलाहरु नै जागरुक हुनुपर्ने बताए । उनले गाविसले महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्घोषण तथा प्रस्तोता तालिमलाई आर्थिक सहयोग गरेको बताए ।
स्थानीय घाचोक गाविसको आर्थिक सहयोगमा भएको सो तालिममा गाविसका ४५ जना महिलाको सहभागिता रहेको थियो । सो तालिमको अवसरमा महिलाहरुले उद्घोषण कला, नेतृत्वकला, क्षमता अभिवृद्धि, महिला समूहको बैठक सञ्चालन लगायतका बारेमा ज्ञान हाँसिल गरेको प्रमुख प्रशिक्षक कमल पौडेल अथकले बताए ।
सञ्जालका अध्यक्ष टेकनशोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस घाचोक गाउँ इकाई सभापति वेलवहादुर गुरुङ, फूलमाया नेपाली, एक्यापका रवीलाल पोखरेल, माया लम्साल, शक्ति दवाडी, प्रविना पोखरेल, लक्ष्मी लम्साल, शिक्षिका मालती लम्साल, लक्ष्मी जिसी र सचिव वालकुमारी लम्सालले वोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण