शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हरहर कन्सट्रक्शनका मालिकमाथि सांघातिक आक्रमण

आइतबार, १४ चैत २०७२, १८ : २७
आइतबार, १४ चैत २०७२

वीरगंज–पर्साको जयमंगलापुर निवासी हरहर कन्सट्रक्शनका मालिक किशोरी राउतकुर्मीलाई भिस्वा–८ निवासी दिनेश साह कानु र महेश साह कानुको नेतृत्वमा रहेको ५ जनाको समूहले कुटपीट गर्दै नगद १ लाख रुपैयाँ २५ हजार मुल्य पर्ने सुनको माला, एक थान घडी लुटेका छन् ।

उनीहरुले उनको साथमा रहेको मोटरसाईकलको कागजात पनि खोसिलिएका छन् । आज दिउँसो काम विशेषले भिस्वा आएको बेला कुर्मीलाई उनीहरुले रोकी आक्रमण गर्दै नगद तथा जिन्सी लुटेका हुन् ।

कुर्मीले आफुले सो बिषयमा भिस्वा प्रहरी चौकीमा उजुरी दिए पनि उनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको गुनासो गरेका छन् । आक्रमणमा परि उनी समान्य घाइते समेत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप