शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मञ्जरी पब्लिकेशनद्वारा लेखनवृत्ति पुरस्कार स्थापना

आइतबार, १४ चैत २०७२, १८ : ३०
आइतबार, १४ चैत २०७२

झापा– युवा लेखक तथा साहित्यकारलाई प्रोत्साहित गर्ने उद्देश्यले मञ्जरी पब्लिकेशनले एक लाख रुपैयाँ राशीको युवा लेखनवृत्ति पुरस्कार शुरु गरेको छ । आख्यान विधामा प्रदान गरिने उक्त पुरस्कारका लागि पब्लिकेशनले साहित्यकारलाई आफूले लेख्न चाहेको उपन्यासको एक हजार पाँच सय शब्दसम्मको कथासार पठाउन आह्वान गरेको छ ।

सीमान्तकृत वर्ग तथा लोपोन्मुख जातजाति र संस्कारलाई आख्यान विधामार्फत संरक्षण गर्ने उद्देश्यले लेखनवृत्ति पुरस्कारको शुरुवात गरिएको मञ्जरी पब्लिकेशनले जनाएको छ । ‘लोपोन्मुख एवम् मौलिक कला, संस्कृतिमाथि कलम चलाउन चाहने प्रतिभावान स्रष्टाहरूलाई आर्थिक अभाव नहोस् भनेर हामीले यो पुरस्कार शुरु गरेका हौँ’, पब्लिकेशनका कार्यकारी प्रमुख एवम् साहित्यकार कृष्ण अविरलले जन–संसद्सँग भने – ‘प्राप्त कथासारमध्ये उत्कृष्टलाई एक लाख राशीको लेखनवृत्ति पुरस्कार र उत्कृष्ट चारमा पर्ने अन्यलाई आकर्षक लेखकस्वसहित लेखन सम्झौता गरिनेछ ।’

कथासार पठाउनका लागि २०७३ वैशाख १५ गतेसम्मको अवधि तोकिएको छ । उपन्यासविधाबाट शुरु गरिएपनि आउँदा वर्षमा अन्य विधामा पनि लेखनवृत्ति पुरस्कारको व्यवस्था गरिने र पुरस्कारको राशी पनि थप गर्दै लगिने पब्लिकेशनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप