शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सप्तरीमा पशुपालन व्यवसाय फस्ट्याउँदै

आइतबार, १४ चैत २०७२, १८ : ३५
आइतबार, १४ चैत २०७२

राजविराज–गरिवी र वेरोजगारीमा परेका किसानहरुलाई पशुपालनतर्फ आकर्षत गर्न सरकारले थालेको अनुदान कार्यक्रमले सप्तरी जिल्लामा पशुपालन व्यवसाय फस्टाउन थालेको छ ।

विगत केहि वर्ष अघिसम्म परम्परागत खेती र वैदेशिक रोजगारीमा केन्द्रित किसानहरु सरकारले व्यवसायीक पशुपालनमा अनुदान दिन थालेपछि यो व्यवसायतर्फ आकर्षित हुन थालेका हुन् । जस अन्तर्गत जिल्लामा त्यसको अधिक्तम प्रभाव देखिएको जिल्ला पशु सेवा कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालय प्रमुख डा. काशीनाथ यादवका अनुसार केहि वर्ष अघिसम्म सप्तरीमा व्यवसायीक पशुपालनभन्दा परम्परागत रुपमा गाई÷भैंसी पाल्ने र आफ्नो आवश्यक्ता पूरा गर्ने प्रचलन थियो । तर, कार्यालयको अथक प्रयासपछि केहि स्थानमा पशुपालन व्यवसाय फस्टाएपछि त्यसको प्रभाव जिल्लाभरी नै परेको बताए ।

कार्यालयको तथ्यांकअनुसार जिल्लामा हाल ४ सय ८१ कुखुरा फारम तथा २ सय ७३ गाई फारम व्यवसायीक रुपमा संचालनमा छन् । जस अन्तर्गत वार्षिक ४१ हजार ५ सय ६० मेट्रिक टन दुध, ११ हजार ९ सय ७ मेट्रिक टन मासु र २ करोड ७० लाख २५ हजार गोटा अण्डा उत्पाद भइरहेको छ ।

व्यसायीक रुपमै किसानहरुले फारम संचालन गर्न थालेपछि हाल सप्तरी जिल्लामा दुध, मासु तथा अण्डा वाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था पनि नरहेको प्रमुख यादवको दावी छ ।

पशुपालन व्यवसायतर्फ किसानहरुको आकर्षण र प्रोत्साहनका लागि सरकारले सुरु गरेका अनुदानलगायतका कार्यक्रमले व्यवासयीक पशुपालन वृद्धिमा सहयोग गरेको यादवको बुझाई छ ।

जस अन्तर्गत यस वर्ष पनि जिल्लामा विभिन्न शीर्षकमा कुल ५६ लाख अनुदानको कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले जानकारी दिए । युवा लक्षित कार्यक्रम अन्तर्गत २८ लाख, सेवा विस्तार कार्यक्रम अन्तर्गत १६ लाख र वैदेशिक रोजगारीबाट फर्केका यूवा लक्षित कार्यक्रम अन्तर्गत १२ लाख अनुदान दिने कार्यक्रम रहेको उनको भनाई छ ।

यादवका अनुसार युवा लक्षित कार्यक्रम अन्तर्गत ब्यवसायीक रुपमा दर्ता गरी संचालनमा रहेका पशु फारमहरुलाई साना डेरी, मझौला डेरी र ठुला डेरी गरी तीन वर्गमा विभाजन गरी क्रमश २ लाख, ३ लाख र ४ लाखका दरले अनुदान दिने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप