शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठूलो परिमाणमा अवैध मदिरा नष्ट

आइतबार, १४ चैत २०७२, १८ : ४३
आइतबार, १४ चैत २०७२

उदयपुर–उदयपुर प्रहरीले अवैध मदिरा नष्ट गर्ने अभियान संचालन गरेको छ ।

उदयपुरमा उत्पादन गरी सिराहा, सप्तरी जिल्लामा निकासी गर्न तयारी अवस्थामा रहेको करिव एक हजार पाँच सय लिटर मदिरा आज नष्ट गरिएको छ । त्रियुगा नगरपालिकाको जलजले, देउरी, श्रीपुर लगायतका क्षेत्रमा उत्पादन गरी बजार लाने क्रममा फेला पारी पक्राउ गरी जम्मा गरिएको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय जलजलेका इन्र्चाज सुनिलकुमार यादवले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय जलजले परिसरमा संसद शान्तिकुमारी चौधरीको उपस्थितिमा घरेलु मदिरा नष्ट गरिएको हो । मदिरा नष्ट कार्यक्रममा सासंद चौधरीले उदयपुरलाई लागुपर्दाथ दुव्यसनी मुक्त जिल्ला बनाउने अभियान प्रहरी प्रशासनलाई सहयोग गर्नको लागि स्थानीयहरुसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप