अफगानिस्तानमा ५३ लडाकूद्धारा आत्मसमर्पण
ज्लालाबाद (अफगानिस्तान)– उत्तरी अफगानिस्तानको नान्गार्हार प्रान्तमा आइतबार ५३ जना सशस्त्र लडाकूले आत्मसमर्पण गरेका छन् ।
‘आज हाम्रीले ५३ जना सशस्त्र विद्रोहीहरुलाई स्वागत गरेका छौं, ती मध्ये ४३ जना तालिवान आतङ्ककारी र १० जना इस्लामिक स्टेटका आतङ्ककारी रहेका छन्, ती सबै सशस्त्र विद्रोहीहरुले द्वन्द्व छोडी सरकारको पुनःनिर्माण र शान्ति प्रक्रियामा लाग्न आत्मसमर्पण गरेका छन् ’ प्रान्तीय उच्च शान्ति परिषदका प्रमुखले मलिक नजिरले बताएका छन् ।
ती पूर्व आतङ्ककारीहरु नान्गार्हार प्रान्तको आचिन, नाजिआन, सिन्वार र पचिर हगाम जिल्लाहरुमा गत दुई बर्षदेखि आतङ्ककारी क्रियाकलापमा संलग्न रहदै आएका नजिरले बताए ।
अर्को हप्ता पनि अरु थप आतङ्ककारीहरुले आत्मसमर्पण गर्ने अनुमान गरिएको पनि नजिर बताए ।
एक समारोहबीच पूर्वलडाकूलाई गरिएको यस स्वागत कार्यक्रममा ती ५३ जना आतङ्ककारीले आ–आफूसँग रहेको हातहतियार स्थानीय अधिकारीहरुलाई बुझाएका बताइएको छ ।
नान्गार्हार प्रान्तीय गभर्नर सलिम खानले आत्मसमर्पण गर्ने ती लडाकूहरुलाई रोजगारीको प्रवन्ध मिलाई दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तालिवान लडाकूलाई द्वन्द्व परित्याग गरी शान्तिको बाटोतर्फ लगाउने उद्देश्यले सन् २०१० मा उच्च शान्ति परिषदको स्थापना भएयता १० हजारभन्दा बढी तालिवान आतङ्ककारीले द्वन्द्वलाई त्यागी सरकारको पुनःनिर्माण शान्तिको मार्ग पहिल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण