शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको नेता चुन्न चैत २४ गते निर्वाचन

सोमबार, १५ चैत २०७२, १७ : २०
सोमबार, १५ चैत २०७२

काठमाडौँ, चैत १५– नेपाली काँग्रेस संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते हुने भएको छ ।

पार्टी संसदीय दलको नेताको निर्वाचनका लागि केन्द्रीय समितिले गठन गरेको निर्वाचन समितिको आइतबार दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेताको मनोनयन दर्ता गर्ने समय २३ गते तोकिएको छ । समय आ बस्ने बैठकले तय गर्ने समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

संसदीय दल कार्यसमितिको निर्वाचन भने चैत २६ गते हुनेछ । यसको लागि मनोनयन दर्ता गर्ने मिति २५ गतेलाई तोकिए पनि समय भने सोमबारकै बैठकले निर्धारण गर्ने समितिले जनाएको छ ।

निर्वाचन कार्यक्रम संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दलको निर्वाचन सम्पन्न गर्न काँग्रेस केन्द्रीय समितिको बैठकले सांसद एवम् काँग्रेस नेता रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पाण्डे र गुरुराज घिमिरे सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

बैठकले काँग्रेस संसदीय दलको विधान असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानबमोजिम संशोधनका लागि केन्द्रीय समितिमा लेखी पठाउने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप