शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार, उपचारपछि स्वदेश फर्कंदै

सोमबार, १५ चैत २०७२, १९ : ५६
सोमबार, १५ चैत २०७२
काठमाडौँ - भारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उनी बुधबार स्वदेश फर्कंदै छन् । जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेको लेखक÷समीक्षक प्रकाश सायमीले जानकारी दिए । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सनलगायतका रोगबाट पीडित थिए । मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको भर्खरै त्यहाँ पुगेर आएका सङ्गीतकर्मी रतन चन्दले बताउए । उनले भने – “उहाँको स्वास्थ्यमा लगभग सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भन्नुभयो ।” स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उनीद्वारा सङ्गीतबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ । नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप