दुर्घटनामा विद्यार्थी नेतृको मृत्यु, कांग्रेसद्वारा दुःख व्यक्त
सोमबार, १५ चैत २०७२, १९ : २०
काठमाडौं– नेपाली कांग्रेसकी पूर्व महासमिति सदस्य तथा विद्यार्थी नेतृ लालकुमारी पोखरेलको सवारी दुर्घटनामा सोमबार बिहान निधन भएपछि कांग्रेसले दुःख व्यक्त गरेको छ । स्वर्गीय पोखरेल पद्यमकन्या क्याम्पसकी स्ववियू सभापति समेत हुन् । कांग्रेसले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक कुशल विद्यार्थी नेतृलाई गुमाएको छ । पार्टी र भातृ संस्था नेपाल विद्यार्थीसंघलाई उहाँको निधनबाट अपूरणीय क्षति पुगेको छ ।’ सोमबार विहान उदयपुरको कटारीबाट काठमाडौँ आउँदै गरेको बा ३ च ८०६७ कारलाई नेपालगन्जबाट काकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ५६९६को यात्रुवहाक बसले ठक्कर दिँदा कारमा सवार पोखरेलसहित काभ्रे, महादेवस्थानका– १ का धुव्र कार्कीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण