आङकाजीको पक्षमा फैसलापछि १०५१ दीपप्रज्ज्वलन !
सोमबार, १५ चैत २०७२, १९ : २१
काठमाडौं – आदिवासी अधिकार अभियान्ता आङ काजी शेर्पाले विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुरमा सफाई पाएको भन्दै दीप प्रज्ज्वलन गरिएको छ । आङ काजी रिहाई अभियानले राजधानीको बौद्धमा १०५१ दीपप्रज्ज्वल गरेको हो । अभियान्ता सन्तोषी राईको अगुवाईमा भएको दीपप्रज्ज्वलन कार्यक्रममा आङकाजीसहित उनका समर्थकहरुको सहभागिता रहेको थियो ।
भदौ १६ गते राजधानीको बौद्ध शेर्पा सेवा केन्द्रमा शेर्पा प्रदेश समितिको वैठक भइरहेको वेला सादा पोशाकमा आएका सुरक्षाकर्मीले आङकाजीलाई साइबर क्राइम गरेको अभियोगमा पक्राउ गरेको थियो । गिराफ्तारपछि उनलाई महानगरिय प्रहरी परिसर टेकुमा हिरासतमा राखिएको थियो भने विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । पछि अदालतले शेर्पालाई तारेखमा रिहा गरेको थियो भने केहि दिनअघि मात्रै सोमुद्दामा सफाई पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण