खुर्सानीको धुलो छर्केर महिलाको १ लाख २५ हजार लुटियो
सुर्खेत –यहाँको वीरेन्द्रनगरको व्यस्त बजारबाट लुटेराहरुले एक लाख रुपैयाँ लुटेका छन् । सोमवार दिउँसो लुटेराहरुले आँखामा खुर्सानीको धुलो छर्केर एक महिलाको साथमा रहेको एक लाख २५ हजार नगद लुटेका हुन् । वर्दियाको बाँसगढी नगरपालिका घर भएकी पार्वती बुढाको साथमा रहेको सो रकम लुटिएको हो । वीरेन्द्रनगरमा रहेको प्रभु बैंकबाट रकम झिकेर निस्किएकी पार्वतीको आँखामा खुर्सानीको धुलो छरेर लुटेराहरुले उनको साथमा रहेको सबै रकम लुटेका हुन् । रकम लुटेर भागेका लुटेराहरुको खोजीभइरहेको प्रहरीले जनाएको छ । बैंकबाट रकम झिकेर आफ्नो कोठातर्फ जाँदै गरेको अवस्थामा लुटेराहरुले आफूसँग भएको रकम लुटेर भागेको पार्वतीको भनाइ छ । प्रहरीका अनुसार वीरेन्द्रनगरमा रहेको कृषिविकास बैंकको पछाडी पट्टीको सडकमा रकम लुटिएको हो । जिल्लाप्रहरी कार्यालय सुर्खेतले रकम लुटिएको र थप अनुसन्धानभइरहेको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले लुटेराहरुको खोजीभइरहेको जानकारी दिए । उनका अनुसार अहिले वीरेन्द्रनगरका सबै नाकाशिल गरेर प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण