शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार महासङ्घको बैठकमा कालो झन्डा प्रदर्शन

सोमबार, १५ चैत २०७२, १६ : ०८
सोमबार, १५ चैत २०७२

बनेपा - काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारले एक दशकदेखि सदस्यता नपाएको विरोधमा आज धुलिखेलमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको धुलिखेलमा जारी बैठकमा सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकार सङ्घर्ष समिति काभ्रेपलाञ्चोकका संयोजक दिनेश घिमिरेको नेतृत्वमा पत्रकारले बैठकस्थलमै कालोपट्टीसहित नाराबाजी गर्दैै केहीबेर बैठक अवरुद्घ गरेका थिए । आइतबारदेखि धुलिखेलमा चलिरहेको प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा पत्रकार आचारसंहिताको विषयमा छलफल भइरहेको छ । संयुक्त बैठकले पत्रकारको संशोधित नयाँ आचारसंहितासमेत जारी गर्ने बताइएको छ । सो अवसरमा अध्यक्ष डा महेन्द्र विष्टले सोही बैठकबाट काभ्रेका क्रियाशील पत्रकारको सदस्यताको विवाद अन्त्य गर्ने जनाउ दिएपछि पत्रकारले नाराबाजी गर्न छोडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप