शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एन. बी. इन्सुरेन्सको सोलुखुम्बु र ओखलढुंगामा नयाँ शाखा

सोमबार, १५ चैत २०७२, १७ : २८
सोमबार, १५ चैत २०७२

काठमाडौं–एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट तोकिए वमोजिम कृषि तथा पशु बीमालाई प्राथमिकता दिने गरी कम्पनीको १२औं शाखा सोलुखुम्बुको सल्लेरीमा र १३ औं शाखा ओखलढुéाको हुलाकडांडामा खोलेको छ । उक्त शाखाहरुको समुद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सीं ले गरे । उक्त समारोहमा अध्यक्ष के.सी.ले बीमाको महत्वको बारेमा उपस्थित सबैलाई जानकारी गराए ।

सोही कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले कृषि, पशुधन साथै आफनो सम्पत्तीको बीमा गरी ढुक्क रहन उपस्थित सबैलाई आग्रह गरे । र साथै पौडेलले कम्पनीले सबै ग्राहक महानुभावहरुलाई निर्जीवन बीमा सम्बन्धमा उच्च कोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्याक्रमहरुमा उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ, समितिका पदाधिकारीहरु, उक्त क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यापारीहरु, कृषक तथा पशुपालक किसान लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थितिमा कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठले कम्पनीले आफनो सेवालाई विस्तार गर्दै सम्पूर्ण सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने बताए । कम्पनीमा नयां लगानीकर्ता र नयां व्यवस्थापन भित्रिए पश्चात गरेका कार्यहरुको बारेमा समेत उक्त कार्यक्रमा जानकारी गराउंदै कम्पनीको हालसम्म शाखा तथा सम्पर्क कार्यालय गरी १९ वटा रहेको जानकारी गराउंदै भविष्यमा पनि कम्पनीकोे शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराए ।

सोही कार्यक्रमा कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२।०७३ मा हालसम्ममा करिब १२,५०० वटा बीमालेखबाट रु.१७ करोड ५० लाख बीमा शुल्क आर्जन गरेको, कम्पनीले चालु आ.ब.को दोश्रो त्रैमासिकसम्ममा करिब रु.१ करोड ३१ लाख खुद नाफा आर्जन गरेको जनाउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप