शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीले उपत्यकामा १० घाइते, त्रि–चन्द्र अगाडि गुडिरहेको मोटरसाइकल रुखले किच्यो

सोमबार, १५ चैत २०७२, १७ : ५८
सोमबार, १५ चैत २०७२

काठमाडौं–अकस्मात चलेको हावाहुरीका कारण उपत्यकामा ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाण्डौ जिल्लामा ६ जना ललितपुर जिल्लामा १ जना र भक्तपुर जिल्लामा ३ जना गरि जम्मा १० जना घाइते भएका हुन् ।

त्रि–चन्द्र क्याम्पस अगाडिको रुख ढल्दा मोटरसाईकलमा सवार श्रीमानश्रीमती घाईते भएका छन् । हावाहुरीले अकस्मात रुख ढलेपछी ३० बर्षीय अंशु डंगोल र उनकी श्रीमती २५ बर्षिया जिना डंगोल घाईते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रद्युम्न कार्कीले जानकारी दिए ।

डंगोल दम्पतीको विर अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै स्वयंभु क्षेत्रमा दुईजना घाईते भएका छन् । महानगरीय प्रहरी वृत स्वयंभुका डिएसपी कोमल शाहले दिएको जानकारी अनुसार अग्लो ठाउँको इट्टा खसेर भावना बडु, र भागदौडका कारण विमला मगर घाईते भएकी छन् । कंचनपुर घर भएकी भावना राजधानीको बानेश्वर बस्दै आएकी थिइन् । त्यस्तै विमला मगर नागार्जुन नगरपालीका–४ को स्थायी बासिन्दा हुन् । यस्तै काँडाघारीमा ड्रम खस्दा एक ब्यक्ति घाईते भएको बताईएको छ । त्यस्तै भक्तपुरको बालकोट र सिपाडोलमा एक–एकजना घाईते भएका छन् । हुरीले उडाएको टिनले काट्दा बालकोटमा ४० बर्षिय गणेश खत्रि भाईते भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण बज्रचार्यलका अनुसार सिपाडोलमा २३ बर्षिय प्रताप बस्नेत घाईते भएका छन् । त्यस्तै भक्तपुरका विभीन्न स्थानमा विद्युत्तको पोल ढलेको एसपी बज्राचार्यले जानकारी दिईन् ।

घट्नाको बिस्तृत बिवरण निम्न अनुसार रहेको छ :-
  • त्रिचन्द्र अगाडी मो.सा. बाट लडी बर्ष ३० को अंशु ढंगोल र बर्ष २५ की रजिना महर्जन घाईते भई उपचार भईरहेको
  • काडाघारी सनसिटी अगाडी वा २ ज ३४६ नं. को ट्याक्सीको सीसा फुटेको
  • स्वयम्भु स्तुपा छेउमा ईटाले लागी बर्ष ३५ की बिमला मगर र वर्ष २३ की भावना बडु घाईते भई उपचार भईरहेको
  • मध्ये बानेश्वर मो.सा. बाट लडी बर्ष २२ को निसान श्रेष्ठ र बर्ष २२ की सानु श्रेष्ठ घाईते भई उपचार भईरहेको
  • ललितपुर ठेचो बस्ने वर्ष २९ कि बिना श्रेष्ठ हात र खुट्‍टामा सामान्य चोट
  • सिपाडोल ८ बस्ने बर्ष २३ को प्रताप बस्नेत दाँया खुट्‍टा र तिघ्रा काटेको अवस्थामा उपचार भईरहेको
  • छालिउ बस्ने बर्ष ६५ को सानु प्रसाद बल घरको ढोकामा ठोकीएको बोल्न सक्ने भक्तपुर अस्पतालमा उपचार भइरहेको
  • भक्तपुर बस्ने बर्ष४० को गणेश खत्रि घाईते भई उपचार भईरहेको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप