सेवा सुविधा कम भएको भन्दै पुनःनिर्माण प्राधिकरणमा कर्मचारी जान मानेनन्
काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा कर्मचारी जान नमानेपछि भूकम्पपीडितले पुनःनिर्माणका लागि सहयोग पाउन ढिला हुने भएको छ ।
प्राधिकरणमा स्वीकृत कर्मचारीको दरबन्दी २०८ भए पनि एक चौथाइमात्र कार्यरत रहेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । उनले भने, “पीडितलाई स्थायी आवास निर्माणका लागि सहयोग गर्न सहज बनाउने उद्देश्यले सात स्थानमा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, गोरखा र ललितपुरमा एक÷एक र काठमाडौँमा दुई वटा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय भएको छ ।”
दोलखा उपक्षेत्रीय कार्यालयले रामेछाप र ओखलढुङ्गा, काभ्रेपलाञ्चोक उपक्षेत्रीय कार्यालयले सिन्धुपाल्चोक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले धादिङ, ललितपुर उपक्षेत्रीय कार्यालयले मकवानपुर एवम् काठमाडौँमै स्थापना हुने दुई वटा उपक्षेत्रीय कार्यालयले भूकम्पबाट प्रभावित ३१ जिल्ला हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।
उपक्षेत्रीय कार्यालयको नेतृत्व सहसचिवले गर्ने निर्णय गरिए पनि कर्मचारी प्राधिकरणमा जान नमानेकाले दोलखामा उपसचिवलाई कार्यालय प्रमुख बनाएर पठाइएको प्रवक्ता थपलियाले बताए । काभ्रे, नुवाकोट र गोरखामा भने शाखा अधिकृतलाई नै प्रमुख बनाएर पठाउन बाध्य हुनुपरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणमा खटिने कर्मचारीलाई सेवा सुविधा कम हुने भएकाले सरुवा हुन नमानेका हुन् । एक उपक्षेत्रीय कार्यालयमा आठ जना कर्मचारी राखिने व्यवस्था गरिए पनि न्यून सङ्ख्याका कारण पूर्वाधार तयार गर्न भनी एक÷दुई कर्मचारी सुरुवाती चरणमै खटाइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण