युवती तस्करी प्रकरण: दलालहरुलाई कारबाही गराउन एनआरएन युएईको सकृयता
युएई– सांस्कृतिक कार्यक्रमको नाममा भएको युवती ओसार प्रसार कार्यमा आयोजकहरु दोषी पाईएको भन्दै उनीहरुलाई कारबाही गर्न एनआरएन युएईले अबुधाबी स्थित नेपाली दुताबासलाई अनुरोध गरेको छ ।
हिजो २७ मार्च का दिन उक्त कार्यक्रमका लागि युएई आएका भनिएका २ युवती दुताबासमा उपस्थित भएर सबुती बयान दिए लगतै एनआरएन युएईले आरोपित दोषीहरुलाई कारबाहीको लागि अनुरोध गरेको हो । एनआरएनको पत्रमा रातोपाटीमा समाचार प्रकाशित समाचार पश्चात एनआरएन युएईले दुताबास सँग सहकार्य गरी आवश्यक छानबिन गरी पिडितहरु मध्ये २ जना युवतीलाई दुताबासमा उपस्थित गराएको जनाएको छ ।
एनआरन युएईका अनुसार ‘भ्यालेन्टाइन नाइट्स २०१६’ कार्यक्रम क्रिएटिव युथ ग्रुप र एमाले निकट प्रबासी नेपाली युवा संघको आयोजनामा भएको थियो । त्यस कार्यक्रमको नाममा आयोजकले ६ युवतीहरुलाई जनही १ लाख ५० हजार देखी ३ लाख रुपैयाँ लिएको र दुबई ल्याएर जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गरिएको जनाइएको छ ।
निबेदनमा उक्त कार्यक्रमको लागि तत्कालिन युवा संघका अध्यक्ष महेश गिरी र समिम खानको संलग्नता रहेको ठहर गर्दै उनिहरुलाई कारबाहीको माग गरिएको छ ।
दुताबासमा बुझाइएको निबेदनमा युवतीहरुको बयान अनुसार उक्त कार्यमा संलग्न भएको भनी थप दुई जना मदन अधिकारी र मुना ( थर नखुलाइएको तर मोबाइल न खुलाईएको) माथि थप छानबिन गरी गिरोहको सन्जाललाई कानुनी दायारामा अनुरोध गरिएको छ ।
एनआरएन युएईले सो सम्बन्धी कुनै पनि जानकारी आवश्यक भएमा सहयोग गर्न तयार रहेको समेत जानकारी गराएको छ ।
एनआरएन युएईका अध्यक्ष सुदीप कार्कीद्वारा हस्ताक्षर गरिएको उक्त निबेदनमा यएई आएका ६ युवती मध्ये ३ जनाको विवरण खुलाइएको छ ।
यस् अघी एनआरएनको एक टोलीले ती युवतीहरु सँग भेटी आवश्यक जानकारी लिएको थियो । एनआरन सँगको भेटमा उनीहरुले नेपालमा पूर्ण लामा भन्ने एजेन्टलाई ३ लाख दिएको खुलासा गरेका थिए । युवतीहरुले दुताबासमा दिएको पत्रमा समेत युवतीहरुले सोही उल्लेख गरेका छन । युवतीहरुका अनुसार आयोजकले २३(२४ तारिक एक कागजमा हस्ताक्षर गराएका छन । उक्त कागजमा उनिहरु कलाकार भएको उल्लेख गर्दै कार्यक्रममा आए बापत १० हजार रुपैयाँ युवतीहरुलाई दिएको जनाईएको छ ।
यता आयोजकको तर्फबाट समिम खानले एक प्रेस बिज्ञप्ती जारी गर्दै आरोपहरुलाई अस्विकार गरेका छन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण