चितुवाको आक्रमणबाट नेपाली सेनाका जवानसहित सात घाइते
सोमबार, १५ चैत २०७२, १८ : २४
कावासोती - चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाको आक्रमण परी नेपाली सेनाका जवानसहित सातजना घाइते भएका छन् । आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन् । आइतबार निकुञ्जबाट गाउँ पसेको चितुवाले केराबारीमा काम गरिरहेका स्थानीयलाई आक्रमण गरेको थियो । घाइते सातैजनाको अहिले मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण