प्रधान सेनापति क्षेत्री र चिनियाँ जनमुक्ति सेनाध्यक्षबीच भेटवार्ता
सोमबार, १५ चैत २०७२, १८ : ३३
काठमाडौं – पाँचदिने चीन भ्रमणमा रहेका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई चिनियाँ जनमुक्ति सेनाका प्रमुख फाङ फेनगुईबीच सोमबार भेटवार्ता भएको छ ।
भेटको क्रममा दुई सेनाप्रमुखबीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो ।
यसअघि राजधानी बेईजिङ्गस्थित बायी भवनमा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष फाङलायतले स्वागत गरेका थिए् । उक्त अवसरमा प्रधान सेनापति क्षेत्रीलाई चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गरेको थियो ।
क्षत्री शनिबार बेलुका चीनको राजधानी बेईजिङ्ग प्रस्थान गरेका थिए । उक्त अवसरमा क्षेत्रीलाई डेप्युटी चिफ मेजर जेनरल हु चाङमिङले बेईजिङ्गस्थित विमानस्थलमामा स्वागत गरका थिए ।
प्रधान सेनापति क्षेत्री आजै बेलुका उनको सम्मानमा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष फाङद्वारा आयोजना गरिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण