शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्याम्पुको डब्बमा पाँच करोडको कोकिन, दुई विदेशी महिला पक्राउ

सोमबार, १५ चैत २०७२, १८ : ४८
सोमबार, १५ चैत २०७२

काठमाडौं – पाँच करोड चालिस लाख मूल्य बराबरको कोकिनसहित दुई विदेशी महिलालाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दक्षिण अफ्रिका घर भएकी मपाथोनी मस्ने र भारत नागाल्याण्ड स्थायी घर भएकी ४१ बर्षिय मेर्सी रहेका छन् । उनीहरुलाई काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । मस्नेले तीनवटा स्याम्पुको बट्टाभित्र १.९३१ केजी र मेर्सीले एउटा स्याम्पुको बट्टाभित्र ०.७९१ केजी कोकिन लुकाईराखेको अवस्थामा प्रहरीले समातेको हो । मस्ने चैत १ गते साउथ अफ्रिकाको जोहन्सबर्गबाट दुबई हुँदै चैत २ गते ब्राजिल पुगि अबैध लागूऔषध कोकिन लिई पुनः दुबई हुँदै चैत ११ गते काठमाडौं आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी बिगतमा पनि दक्षिण अफ्रिकाबाट भारत, फिलिपिन्स हुँदै बिभिन्न यूरोपियन मुलुकहरुमा कोकिनको तस्करी गर्ने गिरोहमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट बरामद कोकिन भारतको नयाँदिल्ली हुँदै इटली, नेदरल्याण्ड लगाएतका यूरोपियन देशहरुमा कारोबार गर्नको लागि नेपालको भूमिलाई ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गर्न खोजिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा विभिन्न देशका लागूऔषध अपराधमा संलग्न गिरोहहरुको संलग्नता रहेको पाइएकोले सम्बन्धित देशका लागू औषध कानुन कार्यान्वयन निकायहरुसँग आवश्यक सहकार्य गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु बनस्थलिबाट चितवन मंगलपुर १ बस्ने ५१ वर्षीय मकुन्द श्रेष्ठ र काठमाडौं रानीबन बस्ने २१ वर्षीय सागर श्रेष्ठलाई लागु औषध ब्राउन सुगर १० ग्रामसहित महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप