झापामा एसएलसीको तयारी पूरा : ५२ केन्द्रमा १६ हजार विद्यार्थी सहभागी हुँदै
सोमबार, १५ चैत २०७२, १८ : ५७
झापा - जिल्ला शिक्षा कार्यालय, झापाले जिल्लामा यस वर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गरी १८ गतेदेखि शुरु हुने प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।
यस वर्ष झापाका ५२ वटा परिक्षा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिँदैछन् । जसमा नियमिततर्फ १३ हजार ४ सय ९७ र एक्जाम्टेडतर्फ ३ हजार ४ सय ८२ गरी कुल १६ हजार ९ सय ७९ जना सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलका अनुसार सामुदायिकतर्फ १० हजार ३ सय ७६, संस्थागततर्फ ६ हजार १ सय २०, शरणार्थी शिविरबाट १ सय ३५, खुल्लातर्फ २ सय ६७ र प्राविधिकतर्फ ८१ जना परिक्षार्थी सहभागी हुनेछन् ।
यस पटकको परिक्षालाई अघिल्लो वर्षको भन्दा अझ मर्यादित बनाइने र कसैबाट अमर्यादित कार्य भएमा कसुर अनुसार १ लाख रुपयाँदेखि ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था रहेको बताइएको छ ।
यस वर्षको प्रवेशिका परीक्षामा कोही पनि अनुत्तीर्ण हुने छैनन् । विद्यार्थीहरुको लेटर गे्रडिङ प्रणालीमार्फत मूल्याङ्कन गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण