शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विराट : द फिनिसर

सोमबार, १५ चैत २०७२, १९ : १५
सोमबार, १५ चैत २०७२
काठमाडौं – टी २० विश्वकपमा आइतबार विराट कोहलीले अस्टेलिया विरुद्ध विजयी लक्ष्य पछ्याउने क्रममा एक्लैले अविजित ८२ रन जोडे । अस्टेलियाले भारतलाई जीतका लागि १ सय ६१ रनको लक्ष्य दिएको थियो । यस खेलमा विराटले भारतका लागि ५२ प्रतिशत रन योगदान गरे । यससँगै विराटले के प्रमाणित गरे भने उनलाई लक्ष्य पछ्याउन मनपर्छ । यस मामिलामा उनीभन्दा खतरनाक ब्याट्सम्यान विश्वमै छैन । उनको तथ्यांकले त्यही देखाउँछ । टी २० मा रन पछ्याउने क्रममा कस्तो छ विरोटको औसत टी २० मा सबैभन्दा रन पछ्याउन माहिर विराटको औसत १ सय २३ छ । यो विश्वकै उत्कृष्ट तथ्यांक हो । वल्र्ड टी–२० मा विराटको यो रेकर्ड अझै राम्रो छ । वल्र्ड कपमा भारतले जब सहज तरिकाबाट लक्ष्य पछ्याएको छ, त्यतिबेला विराटको औसत ४ सय ३४ छ । जितेका म्याचमा पहिलो इनिंगस् होस् वा दोस्रो इनिङमा विराटको औसत ७३ छ । जतिबेला भारतले म्याच हारेको छ । त्यतिबेला विराटको औसत केवल ३१ दशमलव ९१ छ । विराटले दोस्रो इनिंगसमा राम्रो ब्याटिंग गर्छन् । दोस्रो इनिंगस्मा उनले ब्याटिंग गर्दा उनको औसत ९२ छ । अस्टेलियाविरुद्ध कसरी खेले विराटले ? अस्टेलियाले टस जितेर पहिले ब्याटिंग गर्दै ६ विकेट गुमाएर १ सय ६० रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिंगमा उत्रिएको भारतले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर जीत हासिल गर्यो । विराट कोहलीले सबैभन्दा धेरै नटआउट ८२ रन बनाए । यस क्रममा उनले केवल ५१ बल खेले र ९ चौका तथा २ छक्का प्रहार गरे । कप्तान महेन्द्रसिंह धोनीले विजयी चौका लगाएसँग भारतले ६ विकेटले खेल जित्यो । अब सेमिफाइनलमा भारतले वेस्ट इन्डिजको सामना गर्नेछ । पछिल्ला टी २० म्याचमा विराटको प्रदर्शन २७ मार्च २०१६ : टी २० विश्वकपअन्तर्गत अस्टेलियाले दिएको १ सय ६१ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा पुरा गर्दा विराटले ५१ बलमा सर्वाधिक अविजित ८२ रन बटुले । उनले यसक्रममा ९ चौका र २ छक्का प्रहार गरे । १९ मार्च २०१६ : वर्षातपछि १८ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको १ सय १९ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा पुरा गर्दा विराटले ३७ बलमा सर्वाधिक अविजित ५५ रन बटुले । उनले यसक्रममा ७ चौका र १ छक्का प्रहार गरे । १५ मार्च २०१६ : न्युजिल्याण्ड विरुद्धको खेलमा १ सय २७ रनको चुनौती पुरा गर्न भारत असफल भयो । भारत ४७ रनले पराजित हुदाँ विराटले केवल २३ रन बनाएका थिए । ६ मार्च २०१६ : एशिया कपअन्तर्गत बंगलादेश विरुद्धको फाइनल खेलमा १ सय २१ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा पुरा गर्दा विराटले २८ बलमा ४१ रन बनाए । उनले यस क्रममा ५ चौका प्रहार गरे । ३ मार्च २०१६ : यूएई विरुद्ध एशिया कपमै ८२ रनको लक्ष्य पछ्याएको भारतले १० विकेटको जीत निकाल्दा विराटले ब्याटिङ गर्नुपरेन । १ मार्च २०१६ : एशिया कपमा श्रीलंकाले दिएको १ सय ३९ रनको चुनौती भारतले १ विकेटको क्षतिमा पुरा गर्दा विराटले ४७ बल सामना गर्दै ७ चौकासहित सर्वाधिक ५५ रन बनाए । २७ फेब्रुअरी २०१६ : एशिया कपमा पाकिस्तानले दिएको ८४ रनको लक्ष्य भारतले ५ विकेटको क्षतिमा पुरा गर्दा विराटले ५१ बल खेल्दै ४९ रन बनाए । उनले यस क्रममा ७ चौका प्रहार गरे । ३१ जनवरी २०१६ : टी २० अन्तर्राष्टिय म्याचमा अस्टेलियाले दिएको १ सय ९८ रनको चुनौती भारतले ३ विकेटको क्षतिमा पुरा गर्दा विराटले ३६ बल खेल्दै २ चौका र १ छक्कासहित ५० रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप