दैनिक ३५ किलो सुन उपलब्ध गराउन सुनचाँदी व्यवसायीको माग
सोमबार, १५ चैत २०७२, १९ : २८
काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ ।
विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको आवश्यकता पर्दछ । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आइएको छ । महासङ्घले आफ्नो साधारणसभामा प्रमुखताका साथ यही मागलाई हरेक वर्ष उठान गर्दै आएपनि हालसम्म सुनुवाइ भएको छैन ।
महासङ्घको आज यहाँ आयोजित तेस्रो साधारणसभामा महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सो मागलाई पुनः उठान गर्दै सरकारले सो माग पूरा नगर्दा बजारमा सुनको कालोबजारी, गुणस्तरमा समस्या र राजस्व चुहावट हुने गरेको बताए ।
यस क्षेत्रमा रु ५० अर्बको लगानी रहेको र सात अर्बको वार्षिक राजस्व व्यवसायीले तिर्ने गर्दछन् । विसं २०४४ मा स्थापित सो सङ्घ तीनवर्ष अगाडि महासङ्घमा रुपान्तरित भएको थियो । हाल महासङ्घअन्तर्गत २१ हजार व्यवसायी आबद्ध छन् ।
उनले सुनको कलात्मक गहना बनाउने कालिगढको अभाव, ग्यास तथा बिजुलीको अभाव, गरगहना निर्देशिका जारी नहुनु, निर्यातको कठिनाइ, यान्त्रिकीकरणको समस्याले सुनचाँदी धरापमा पर्दै गएको दुुःखेसो पोखे ।
नेपाल रत्न आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले सरकार र सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल हस्तकला महासङ्घ र रत्न आभूषण महासङ्घबीच विसं २०७० वैशाख १३ गते भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
सो सहमतिमा गरगहना निर्देशिका १५ दिनभित्र जारी गर्ने रहेको थियो तर दुईवर्ष बित्नलाग्दा पनि निर्देशिका जारी हुन सकेको छैन ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मरत्न शाक्यले सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल हस्तकला महासङ्घ र नेपाल रत्न आभूषण महासङ्घ मिलेर आगामी जेठ ७, ८ र ९ गते अन्तर्राष्ट्रिय हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए। नेपाली सुनचाँदी व्यवसायीले बेलायत, अमेरिका, जापान, भारत, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तार गरिसेकका छन् ।
पूर्वमुख्यसचिव तीर्थमान शाक्यले सुनचाँदी व्यवसायमैत्री बनाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले गरगहना निर्देशिका शीध्र जारी हुने जानकारी दिनुभयो । नेपाल बैकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले सुनचाँदीको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
साधारणसभाको शुभारम्भ गर्दै आपूर्तिमन्त्री गणेशमान पुनले आर्थिक मेरुदण्डका रुपमा रहेको सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण