नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या, भिनाजु पक्राउ
सोमबार, १५ चैत २०७२, १९ : ३४
सल्यान – सल्यानमा एक वालिकाको वलात्कारपछि हत्या भएको छ । कालागाउँ गाउँ विकास समिति ८ झारकाँडाकी एक ९ वर्षिया किशोरीको वलात्कार पछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वालिकाको योनी र मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएकोले बलात्कारपछि हत्या भएको हुन सक्ने सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताए । उनका अनुसार बालिकाको शव स्थानियले फेला पारेर प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा राति अबेर मात्रै थाहा भएको हो ।
बालिकाको वलात्कार पछि हत्या गरेको आरोपमा जिमाली गाविस वडा नं. ३ तुरतुरेका भिनाजु नाता पर्ने २२ वर्षिय गोपाल चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । कालागाउँमा ससुराली गएका चलाउनेले घरमा कोहि नभएको मौकामा घर नजिकै लगेर बलात्कारपछि हत्या गरेकोे प्रहरीले जनाएको छ । घरदेखि झन्डै २ सय मिटर टाढा बालिकाको शव स्थानीयले फेला पारेका थिए ।
स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत वालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कारका आरोपित चलाउनेलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए । चलाउने घरमा आमा र बहिनीसँग झगडा गरी पत्नीको माइती गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण