शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरिफलाई प्रधानमन्त्रीको टेलिफोन : लाहोर घटनामा ज्यान गुमएकाप्रति श्रध्दाञ्जली व्यक्त

सोमबार, १५ चैत २०७२, १९ : ४७
सोमबार, १५ चैत २०७२
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको लाहोरमा भएको बम विष्फोटमा परी मृत्यु भएका पाकिस्तानी जनताप्रति पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई आज साँझ टेलिफोन गरी उनीमार्फत श्रध्दाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्रीले पाकिस्तानमा भएको सो आतंककारी हमलाको निन्दा समेत गरेका छन् । प्रधानमन्त्रीले घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । टेलिफोनमा प्रधानमन्त्रीले पाकिस्तानका प्रधानमन्त्रीसँग यस दुःखद घडीमा मृतक पाकिस्तानी जनताका आफन्तजन र परिवारजनमा समबेदना प्रकट गर्नुहुँदै नेपाल सरकार र नेपाली जनता पाकिस्तान सरकार र पाकिस्तानी जनताको साथमा रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् । टेलिफोन कुराकानको दौरान पाकिस्तानका प्रधानमन्त्री सरिफलाई प्रधानमन्त्री ओलीले आतंकबादको मिलेर सामना गर्नुपर्र्ने बताए । प्रधानमन्त्री ओलीले आजै नेपाल सरकारका तर्फबाट पाकिस्तान सरकारलाई बम विष्फोटका कारण भएको मानवीय क्षतिप्रति दुख प्रकट गर्दै लिखित पत्र समेत पठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप