लेन पालना नगर्नेलाई रु २०० जरिवना, एक घण्टाको कक्षा
सोमबार, १५ चैत २०७२, २० : ००
काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेन पालना नगर्ने एक हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यकामा धेरैजसो सवारी साधनले पछिल्लो समय लेन पालना नगर्ने गरेको भन्दै शुक्रबारबाट लेन पालना नगर्ने सवारी साधनलाई नियन्त्रणमा लिन थालेको हो ।
महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालसहित सबै ट्राफिकका अधिकृतहरूसमेत लेन पालना गरेको नगरेको हेर्न सडकमा बस्नुभएको छ ।
महाशाखाले तीनदिनमा एक हजारभन्दा बढी सवारी साधनलाई नियन्त्रण लिई कारबाही गरेको छ । लेन पालना नगर्नेलाई रु २०० जरिवना र एकघण्टाको सचेतना कक्षा लिने गरेको छ ।
लेन काटेको सवारी साधन भाग्न खोजे क्यामराले खिच्ने र मोटरसाइकलले पछ्याएर समात्ने र कारबाहीको दायरामा ल्याउने गरिएको महाशाखा प्रमुख अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण