गणेश बने मिस्टर नेपाल
सोमबार, १५ चैत २०७२, २० : ०५
काठमाडौँ -
‘मिस्टर नेपाल २०१६’ को उपाधि कीर्तिपुर निवासी २९ वर्षीय गणेश अग्रवालले हात पारेका छन् ।
उहाँले आइतबार राति त्रिभुवन आर्मी अफिसर्स क्लबमा ४५ युवा प्रतियोगीलाई पछि पार्दै उपाधि जित्नुभएको हो । निर्णायकले अन्तिम राउन्डमा अग्रवाललाई यस्तो प्रश्न राखेका थिए, ‘एउटा राजकुमारमा हुनुपर्ने गुण तपार्इंमा के छ ?’ यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै अग्रवाल उपाधि विजेता बने ।
विजेता अग्रवालले रु तीन लाखसहित दुई चलचित्रमा अभिनय गर्ने अवसर पाउनाका साथै मलेसिया भ्रमणमा जान पाउनेछन् । साथै, उनले यसै वर्ष हुने ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । विजेता घोषित भएपछि उनले आफूलाई नेपाली चलचित्र क्षेत्रको सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको बताए ।
प्रतियोगितामा दीपसन भट्टराई र शशांक पोखरेल क्रमशः ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनर अप’ घोषित भए । दुवै विजेताले उपाधिका साथमा विभिन्न उपहारसमेत प्राप्त गरे ।
सोह्रदेखि ३५ वर्ष ननाघेका युवाको यस प्रतियोगितामा सहभागिता थियो । आधा दर्जन उपशीर्षकमा विजेता घोषित गरिएको प्रतियोगितामा मौसम कार्की बेस्ट क्याटवाक, मुकेश ज्यापु मिस्टर फिजिक्स, विकास रावल मिस्टर ट्यालेन्ट, उज्ज्वल श्रेष्ठ मिस्टर चार्मिङ, उमेश केसी मिस्टर फ्रेन्डी, कृष्ण ताम्राकार मिस्टर डिसिप्लेन, दिलीप लामा भियुर च्वाइस अवार्ड र प्रितु पन्त मिस्टर स्टाइलिस घोषित भए ।
गीत, नृत्य र हास्य प्रस्तुतिबीच सम्पन्न प्रतियोगितामा कानुनमन्त्री अग्निप्रसाद खरेल, अभिनेता धीरेन शाक्य, सरोज खनाललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण