वाईसियल पहिला जस्तै जन कार्वाहीमा उत्रिन्छ : दिपशिखा
सोमबार, १५ चैत २०७२, २० : २५
गुल्मी - वाईसियल नेपालका केन्द्रिय महासचिव रामप्रसाद सापकोटा (दिपशिखा ) ले अव वाईसियल नेपाल पहिला जस्तै भ्रष्टहरुको कार्वाहीमा उत्रने चेतावानी दिएका छन् । जनयुद्धकालमा माओवादीको डरले स्याल जस्तै बनेका समाजका वलत्कारी, तस्कर र भ्रष्टहरु शान्ति प्रकृया पछि बाघ जस्तै बनेर कुर्लिन थालेका छन् ’–दिपशिखाले भने –‘अव वाईसियल नेपाल ति भ्रष्टहरुलाई पहिले जस्तै कार्वाहीमा उत्रिदैछ ।’
उनले वाईसियल नेपालको तेश्रो गुल्मी जिल्ला सम्मेलनलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । कडा स्वभावका वाईसियल नेता दिपशिखाले हिजो भित्रभित्रै भ्रष्टहरुको कार्वाही गरिन्थ्यो अव आम जनतालाई देखाएर भ्रष्टहरुको कार्वाही गरिने बताए । उनले भने –‘काठमाण्डौका भ्रष्टहरुलाई अव खुल्ला मञ्चमा उभाएर कार्वाही गरिनेछ भने गुल्मीका भ्रष्टहरुलाई चिदीचौरमा उभाएर कार्वाही गर्न वाईसियल नेपालले भावि कार्यक्रम बनाएको छ ।’ उनेले आफ्नै पार्टीका नेताहरुलाई पनि वाईसियल कार्वाहीमा उत्रिने बताए ।
उद्घाटन कायक्रममा वाईसियल नेपालका केन्द्रिय सचिव नारायण जिसी ( निर्माण ) कोषाध्यक्ष सुवोध त्रिपाठी, केन्द्रिय सदस्य नेखबहादुर पौड्या ( भरत ) , एमाओवादी गुल्मीका उपाध्यक्ष उमा बिक, सचिव युवाराज केसी , कोषाध्यक्ष ज्ञानकुमार बुढा लगायतले पनि मन्तव्य राखेका थिए । जिल्ला सम्मेलनले ताराबहादुर राना ( प्रवल ) लाई वाईसियल गुल्मीको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । उनको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । उपाध्यक्षद्धयमा नारायण चन्द्र र नारायण श्रेष्ठ चयन भएका छन् ।
सचिवमा गिरीसिंह महाकिम, सह–सचिवमा लालकुमारी बिक, कोषाध्यक्षमा दिपन्द्र घर्ति सर्वसम्मत निर्वाचित भएका छन् । वाईसियल नेपाल गुल्मीको नयाँ कार्य समितिले भोली विहान सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी भावि कार्यक्रमहरु सार्वजानिक गर्ने निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य नोखबहादुर पौड्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण