शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नशालु चिज राखेर खुवाई साढे नौ तोला सुन चोरी फरार युवती पक्राउ

सोमबार, १५ चैत २०७२, २० : २८
सोमबार, १५ चैत २०७२
पोखरा - खाजामा नशालु चिज राखेर खुवाई साढे नौ तोला सुन र मोबाइल चोरी फरार भएकी एक युवतीलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ । म्याग्दीको वेनी नगरपालिकास्थित एक होटलमा सँगै खाजा खाइरहेको बेलामा चोरी गर्ने देवीका पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको चैत १ गते उक्त होटलमा कुलदीप जुग्जाली र युवतीसँगै बसी खाजा खाइरहेको बेला जुग्जालीलाई बेहोस बनाएपछि सुनको सिक्री, औठी बाला र मोबाइल लुटेर उनी फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अभियुक्तलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप