उत्तर कोरियाको नयाँ प्रोपोगान्डा : अमेरिकी राष्ट्रपति कार्यालयमा आणविक आक्रमणको चलचित्र
सोमबार, १५ चैत २०७२, २० : ३३
प्योङयाङ – उत्तर कोरियाले ‘अन्तिम मौका’ नाम दिएर नयाँ प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ । यस भिडियोमा उत्तर कोरियाले अमेरिकामा ताकेर नयाँ मिसाइल लन्च गरेको तथा त्यसपछि मिसाइल लन्च गर्ने टोलीमा खुसीयाली छाएको देखाइएको छ ।
चार मिनेटको यो भिडियोमा अमेरिका र उत्तर कोरियाबीचको उतार चढावपूर्ण सम्बन्धको इतिहास देखाइएको छ । भिडियोको अन्त्यमा डिजिटल इफेक्टसहित आकाशमा बादल देखाइएको छ र वासिङगटन नजिकै मिसाइल पड्किएको देखाइएको छ । त्यसपछि स्क्रिनमा कोरियाली भाषामा अब अमेरिकी साम्राज्यवादीहरु हामीतर्फ एक इन्च पनि अघि बढे भने हामी न्यूक्लियर आक्रमण गर्छौ भनिएको छ । उत्तर कोरियाको प्रोपोगान्डा वेभसाइट डिपिआरके टुडेमा शनिबार यो भिडियो हालिएको थियो । यस भिडियामा कोरियाली युद्धका फोटोहरु तथा सन् १९६८ को पहिलो संकट तथा १९९० को उत्तर कोरियाको न्यूक्लियर कार्यक्रमको सुरुआती तस्विरहरु देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण