शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपालबाट अष्ट्रेलियातिर लागुऔषध सप्लाई गर्ने पक्राउ

सोमबार, १५ चैत २०७२, २० : ३४
सोमबार, १५ चैत २०७२
काठमाडौं – चीनको गोन्जाउबाट समुद्री मार्ग हुँदै अष्ट्रेलियातर्फ लागु औषध सप्लाई गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरापलीकामा फेन्सि पसल चलाउँदै आएका सिन्धुपाल्चोकका मनिष श्रेष्ठ, ठमेलमा हिमालय ट्रेक संचालन गर्दै आएका धादिङका विक्रम लामिछाने र नुवाकोटमा दाङसिङको होमबहादुर तामाङ रहेका छन् । २०१६ को जनवरीमा अष्ट्रेलियाको ब्रिसवेनमा घर सजावटका सामान भनी पठाएको सामान लिन पुगेका अष्ट्रेलियन नागरिक रेमोण्ड जोहन मार्सडेन र नेपाली नागरिक भुपेन्द्र तामाङ ५४ के.जी. मेथाफेटामाईनसहित अष्ट्रेलियामा पक्राउ परेको घटनाको अनुसन्धानको क्रममा उनिहरुलाई पक्राउ गरिएको लगुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । श्रेष्ठ र लामिछानेले चीनबाट हामीलाई सामान पठाई सामान बुझ्न भनेको भनी मार्सडेन र भूपेन्द्रले खुलाएको भन्दै अष्टे«लियन फेडरल पुलिसले व्यूरोमा पत्राचार गरेपछि श्रेष्ठ र लामिछानेलाई ब्यूरोले पक्राउ गरेको हो । श्रेष्ठसँग लामिछानेले अष्ट्रेलियाको सामान रिसिभ गर्नेको ठेगाना उपलव्ध गराउन भनेपछि मार्सडेनको ठेगाना उपलव्ध गराएपश्चात लामिछानेले सोधपुछका क्रममा खुलाएका होमबहादुरलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा होमबहादुरले मार्सडेनको ठेगाना बैंककमा बस्ने धर्म पाख्रीनलाई उपलव्ध गराएपछि पाख्रीनले चिनीयाँ नागरिक फ्राङकको इमेल ठेगाना उपलव्ध गराएको र लामिछानेले उक्त ईमेल मार्फत सम्पूर्ण विवरण मार्डेन र फ्राङकसँग आदान प्रदान गरेको अुनसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सो बापत होमबहादुरले श्रेष्ठ, लामिछाने र मार्सडेनलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ दिने कुरा प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका ३ जनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त अवैध लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य २७ लाख अमेरिकी डलर रहेको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप