शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इन्धन अभाव हुने हल्लाको पछाडि नलाग्न निगमको आग्रह

सोमबार, १५ चैत २०७२, २० : ३७
सोमबार, १५ चैत २०७२
काठमाडौँ - नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ । पुनः इन्धन अभाव हुने भन्दै हल्ला फैलिएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेपछि निगमले कुनै पनि हल्लाको पछाडि नलाग्न र आवश्यक संयमता अपनाउन आग्रह गरेको हो । निगमका प्रवक्ता मुकुन्द्र घिमिरेले भारतबाट मागअनुसार नै इन्धन आपूर्ति भइरहेको र कुनै पनि समस्या उत्पन्न नभएकाले अनावश्यक हल्लाको पछाडि लाग्नुको अर्थ नरहेको बताए । “हामीले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराएका छौँ, अनावश्यक हल्लाको पछाडि लाग्नु कुनै अर्थ छैन”– उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप