जे टु जे सम्मेलनबारेका हल्लाहरु निराधार : पोखरेल
मङ्गलबार, १६ चैत २०७२, १० : ०६
काठमाडौं– राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले अगाडी सारेको जे टु जे सम्मेलनको विषयमा फैलाईएका हल्लाहरु निराधार रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले वताएका छन् ।
सोमबार नाटोजका अध्यक्ष शिव अधिकारी संग कुरा गर्दै मन्त्री पोखरेलले नाटोजसंग आफुले सहकार्य सुरु गरिसकेको र नाटोजका विभिन्न कार्यक्रमहरुमा आफुले जे टु जे को आयोजना सम्बन्धमा वारम्वार नाटोजसंगकै सहकार्यमा गर्ने वताउँदै आएको स्मरण गर्दै हल्लाको पछाडी नलाग्न सम्पूर्ण पर्यटन पत्रकार र व्यवसायिहरुलाई आग्रह गरे ।
केहि सञ्चार माध्यमले जे टु जे सम्मेलनको विषयमा हल्ला फैलाएको विषयमा आफु बेखवर रहेको वताउँदै मन्त्री पोखरेलले यसअगाडी पनि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा समेत नाटोजको प्रतिनिधित्व गराईसकेको समेत वताए । े
यसैविच नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापाले आफु नाटोजका गतिविधि देखेर प्रभावित भएको वताउँदै पर्यटन क्षेत्रमा गरिने जे टु जे र अन्य कुनै पनि कार्यक्रम पर्यटन पत्रकारहरुको राष्ट्रिय संस्था भएकोले नाटोजसंगको सहकार्य विना सम्भव नहुने वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण