शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एक वर्षमा युएईमा तेस्रो भीषण आगलागी (फोटोफिचर)

मङ्गलबार, १६ चैत २०७२, १० : १७
मङ्गलबार, १६ चैत २०७२

दुबई – युनाइटेड अरब एमिरेटस्मा रहेको दुई आवसीय टावरमा भीषण आगलागी भएको छ । पछिल्लो एक वर्षमा युएईमा यस्तो आगलागी भएको तेस्रो पटक हो र दुबईबाट उत्तरी भागमा रहेको अजमान एमिरेट नामक अग्लो आवसीय भवनमा आगलागी भएको थियो । त्यसलगत्तै उक्ता आगो सँगै जोडिएको अर्को भवनमा सल्केको थियो । आगलागी लगत्तै त्यहाँका वासिन्दाहरुलाई सुरक्षितरुपमा निकालिए पनि धुँवाले गर्दा केहीमा श्वासप्रश्वासको समस्या र सामान्य चोटपटक लागेको बताइएको छ ।

सोमबार लागेको आगलागी १२ वटा आवसीय टावर रहेको अजमान वान कप्लेक्समा हो । त्यहाँ करिब ३ हजार अपार्टमेन्ट रहेका छन् । ७३५ मिलियन डलरमा निर्माण भएको उक्त कम्लेक्स सन् २००९ मा सकिनुपर्नेमा केही वर्ष ढिला गरी सकिएको थियो । घटना लगत्तै युएईका गृहमन्त्री शेख सैफ बिन जायद घटनास्थल पुगेर निरिक्षण गरेका थिए । यसअघि, नयाँ वर्षको पूर्वसन्ध्या मध्य दुबईमा रहेको ६३ तले एडरेस होटलमा आगलागी भएको थियो । उक्त घटनामा २० घण्टासम्म आगलागी भएको थियो जसमा १६ जना घाइते भएका थिए । त्यस्तै गत वर्षको फेब्रुवरीमा पनि टर्च स्काइस्क्रेपरमा आगलागी भएको थियो । यो विश्वकै अग्लो आवसीय भवनहरु मध्येमा पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप