श्रीमानलाई घर फर्किन आग्रह गर्दै मधु (भिडियो)
मङ्गलबार, १६ चैत २०७२, १० : ३०
कास्की–सुःखदुःख श्रीमान श्रीमती मिलेर सँगै सामना गर्ने चाहना नहुने सायद कमै होलान । अझै गाउँघर छाडेर सबै बजार झरेपछि र आपm्नै गाउँका देवरले समेत कुदृष्टीले हेर्न थाल्दा प्रदेशमा भएका श्रीमानलाई घर फर्कि आउ भन्न मन लाग्दो नै हो । यस्तै भएको छ लोकगायिका मधु चापागाईलाई पनि । गत बर्ष गाउँका सबै शहर पसेपछि गाउघर शुन्य भयो भन्दै गित गाएर चर्चा कमाउन सफल मधुले यसबर्ष त प्रदेशिएका श्रीमान्लाई गाउघरमै व्यापार थाल्ने बाख्रा पाल्ने भन्दै गित मार्फत फर्कि आउन आग्रह गरेकि छिन ।
उनले घर शुन्य भो भाग २ ः (बाख्रा पालम्ला) गित मार्फत यस्तो आग्रह गरेकि हुन् । घरपरिवार छाडेर प्रदेशमा जिवन बिताईरहेका र प्रदेशिको आशमा बस्ने परिवारको बास्तविकतालाई घनश्याम रिजालले सिर्जना गरेका हुन ।
नेपालि लोकदोहोरी क्षेत्रमा विकृती छाईरहेको बेलामा समाजमा हुनेगरेको वास्तविक घटनालाई प्रस्तुत गरेको कारणले पनि अहिले नेपाली लोक सांगितिक क्षेत्रमा बाख्रा पालम्ला गितले विशेष चर्चा कमाईरहेको छ । साथै यस गितले प्रदेशमा दुख गरिरहेका नेपालीहरुलाई नेपालमै परिवारको साथमा रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । गितमा शब्द सिर्जना घनश्याम रिजालको लय सिर्जना राजन कार्किको छ भने आवज मधु चापागाई र घनश्याम रिजालको रहेको छ ।
https://www.youtube.com/watch?v=E-qGdeS44Yc
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण