पाल्पा जिल्लाबाट एसएलसी परीक्षामा १४५ विद्यार्थी वञ्चित
मङ्गलबार, १६ चैत २०७२, १० : ३४
पाल्पा - यस वर्षको एसएलसी परीक्षामा पाल्पा जिल्लाबाट १४५ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार बीचमा विद्यालय छाड्ने, कम उमेर भएका र वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
विद्यार्थी स्वयम् र विद्यालयको लापर्बाहीका कारण १४५ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनुपरेको अभिभावकको गुनासो रहेको छ ।
यस वर्षको एसएलसी परीक्षा चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हँुदैछ । परीक्षामा पाल्पा जिल्लाबाट छ हजार ८४६ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । नियमिततर्फ पाँच हजार ३२९ र एक्जेम्टेडतर्फ एक हजार ५१७ जना विद्यार्थी रहेका छन् ।
पाल्पा जिल्लाका २४ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षामा दमकडा उच्च माविको परीक्षा केन्द्रमा सबैभन्दा बढी ४७० परिक्षार्थी र सबैभन्दा कम किसान उच्च मावि झडेवा परिक्षा केन्द्रमा १५६ जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाका लेखा अधिकृत दिवाकर अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण