प्रेसलाई व्यवस्थित गरिनेः मन्त्री राई
मङ्गलबार, १६ चैत २०७२, १० : ३३
धनगढी–सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रेसलाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन नयाँ योजना बनाईदै गरेको बताएका छन् ।
आज धनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाको ६१ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
राजनीतिक परिवर्तनमा नेपालको प्रेसले खेलेको भुमिकालाई उच्च मूल्यांकन गर्दै उनले अझै पनि संविधानको सफल कार्यान्वयनका लागि पनि प्रेसको उत्तीकै भुमिका रहेको उल्लेख गरे ।
संचार मन्त्री राईले सबै नेपालीहरु एकजुट भएर मुलुकको निर्माण गर्ने अभियानमा लाग्नुपर्नेमा समेत जोड दिए ।
उनले दुई वर्षभित्रमा लोडसेडिङ्ग अन्त गर्ने घोषणा नेपाल सरकारले गरिसकेको र सोही अनुसार कामलाई तिव्रता दिएको समेत बताए ।
मन्त्री राईले उद्घाटन पश्चात नेपाल पत्रकार महासंघ कैलाली निर्माणधीन अवस्थामा रहेको भवनको अवलोकन समेत गरे । ६१ औ स्थापना दिवसमा कैलालीका सञ्चारमाध्यमका सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण